मेरो नाम प्रकाश थापा हो । म गुल्मी जिल्ला वडागाँउ गाबिस स्थित पाखीडाडा भन्ने स्थानमा बस्ने गर्दछु । मैले अहिले बि.बि.एस. सेकेण्ड ईएरमा अध्ययन गरिरहेको छु ।
Email_ thapaprakash799@gmail.com
Phone_9847460636.
Blog Estd. date : 2072/03/20.
Saturday, July 4, 2015
यी हुन् दुनियाकै सबैभन्दा ठूलो मुख भएका मान्छे, जसको नाममा छन् ४८ वटा विश्वकिर्तिमान
भारतको मुम्बइका बासिन्दा दिनेश उपाध्याय विश्वका सबैभन्दा ठूलो मुख भएका मानिस हुन् । ठूलो मुखमा विश्वकिर्तिमान कायम गरेका दिनेश ‘म्याक्सी माउथ’ को नामले चर्चित बनेका छन् । यिनको नाममा एउटा होइन, ४८ वटा विश्वकिर्तिमान छन् ।
पछिल्लोपटक दिनेशले मुखमा १ हजार १ वटा परालका टुक्रा राखेर किर्तिमान कायम गरेका छन् । त्यसअघि उनले ९२ पेन्सिल, ७९ अंगुर, १२ बलेका मैनबत्ति तथा ५ वटा गल्फ बललाई मुखमा राखेर छुट्टाछुट्टै विश्वकिर्तिमान कायम गरका थिए ।
ठूलोमुखे दिनेशले आफुलाई एक भिडियोले यस्तो किर्तिमानी प्रेरणा प्रदान गरेको बताउँछन् । अमेरिकी किर्तिमानी टड डिफ्याजियोले मुखमा ७० वटा पेन्सिल राखेर विश्वकिर्तिमान कायम गरेको भिडियो देखेपछि दिनेशमा आफुले त्यो भन्दा बढि गर्नसक्ने आँट पलायो अनि त्यस्ता खालका रेकर्डहरु आफ्नो नाउँमा पार्ने सपनाको भुत चढेको थियो । उनले सन् २०१० देखि नै यस्ता अनौठा तथा अप्ठेरा कामहरु गर्न सुरु गरेका थिए ।
आफ्नो सफलताको राज दैनिक अभ्यास गर्नु रहेको दिनेश बताउँछन् । यद्यपि उनको मुख जन्मजात नै सामान्य भन्दा केही ठूलो भने थियो नै । आफ्नो मुखको आकारलाई अझै बढाउनका लागि उनले मुखको दैनिक रुपमा मसाज गर्ने तथा औँलाको सहायताले मुख तानेर ठूलो बनाउने कोसिस पनि गरिरहन्छन् । आफ्ना गालाहरुलाई रबर जस्तै बनाउनका लागि उनले मुखलाई जति सक्यो उति फुलाउँछन् ।
आफुलाई विश्वकिर्तिमानका लागि तयार पार्न उनलाई चार महिनाको समय लागेको थियो । आफ्नो पहिलो कोसिसमै उनले २ नम्बर साइजका १ सय पेन्सिल मुखमा हाल्ने आँट गरेका थिए, तर जम्मा ५० वटामात्रै मुखमा हाल्न थालेका थिए । आफ्नो पहिलो अनुभव निकै नै पीडादायी भएको उनी सम्भिmन्छन् ।
यद्यपि पहिलो प्रयासमा ५० पेन्सिल मुखमा हाल्न सकेपछि उनले ७० पेन्सिलको अमेरिकी रेडर्क तोडेरै छाड्ने प्रण गरे र अन्ततः ९२ वटासम्म पेन्सिल मुखमा हाल्न सके ।
यस्तो किर्तिमानी कामका केही दुखद साइड इफेक्ट पनि छन् नै । कहिलेकाहीँ अभ्यास तथा किर्तिमानी प्रयासको कामपछि मुख सुन्निने तथा दुख्ने गरेको र गिँजा र ओँठहरुमा बढि पीडा हुने उनी बताउँछन् । मुखभित्र धेरै सामानहरु एकैपटक कोच्दा निसास्सिएको जस्तो हुने पनि उनको अनुभव छ ।

Subscribe to:
Posts (Atom)